Online Bible

- Reklamy -




२ इतिहास 28:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण याहवेह तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए। तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण परमप्रभु तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्‍त गरेर तिनका मानिसहरूमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्‍पूर्ण परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5-6 आहाज राजाले पाप गरेका हुनाले परमप्रभु उनका परमेश्‍वरले अरामका राजाका हातमा उनको हार गराउनुभयो र धेरै जना यहूदावासीहरूलाई कैद गरी दमस्‍कसमा लैजान दिनुभयो। परमप्रभुले इस्राएलका राजा रमल्‍याहका छोरा पेकहले पनि आहाजको हार गराई एक दिनमा एक लाख बीस हजार यहूदाका सबैभन्दा साहसी सैनिकहरूलाई मारे। परमप्रभु तिनीहरूका पुर्खाका परमेश्‍वरले यी कुरा हुन दिनुभयो किनभने यहूदाका मानिसहरूले उहाँलाई त्‍यागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5-6 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे। पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए।

Viz kapitola kopírovat




२ इतिहास 28:5

Následuj nás:

Reklamy


Reklamy