२ इतिहास 26:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 राजा उज्जियाह आफू नमरेसम्म कुष्ठरोगले ग्रसित भइरहे। तिनी कुष्ठरोगले ग्रसित भएर एउटा अलग्गै घरमा बस्न थाले। तिनलाई याहवेहको मन्दिरमा पनि प्रवेश निषेध गरियो। तिनका छोरा योतामलाई महलको जिम्मा सुम्पियो र तिनले देशवासीहरूमाथि शासन गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बाँकी जीवनभरि त्यस रोगले गर्दा उज्जियाह राजा विधिअनुसार अशुद्ध भए। मन्दिरभित्र फेरि पस्न नसक्ने भएर उनी आफ्नै भवनमा बस्थे। राज्यका सबै काम-काज उनका हातबाट खोसियो र उनका छोरा योतामले देशको शासन चलाउँथे। Viz kapitolaपवित्र बाइबल21 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए। Viz kapitola |