२ इतिहास 26:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसबाहेक उज्जियाहको तालीम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्याहको अधीनमा यिनीहरूलाई राखेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनको साथमा लडाइँ गर्न सधैँ तयार रहने एउटा ठूलो सेना थियो। राजाका भारदार हनन्याहका रेख-देखमा यहीएल र मासेयाह सचिवहरूले सेनाका कागज-पत्र राख्थे। Viz kapitolaपवित्र बाइबल11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए। Viz kapitola |