२ इतिहास 25:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेर, मैले एदोमलाई परास्त गरेँ भनी तिमी भन्छौ; अब तिमी घमण्डी र अहङ्कारी भएका छौ। तर अब घरमै बसिरहनू! किन विपत्ति खोज्छौ? आफ्नै पतन र यहूदाको समेत किन पतन गर्न चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 ‘एदोमलाई जितें’ भनी तिमी भन्छौ, र तिम्रो शेखी बढ़्यो। आफ्नो घरमा नै बसिरहनू। आफ्नै र यहूदाको पनि पतन ल्याउन तिमी किन खतरामा पर्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अब अमस्याह, तिमी मैले एदोमीहरूलाई जितें भनी अहङ्कार गर्छौ; तर हेर, म तिमीलाई घरैमा बस भनी सल्लाह दिन्छु। आफू र आफ्ना प्रजामाथि आपत् ल्याउनमात्र किन उपद्रव गर्छौ?” Viz kapitolaपवित्र बाइबल19 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।” Viz kapitola |