२ इतिहास 23:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोयादा पूजाहारीले छ वर्षसम्म पर्खेपछि अब केही गर्नुपर्ने समय भयो भनी निश्चय गरे। उनले सेनाका पाँच जना अधिकृतहरूसित मित्रता गरे; यी अधिकृतहरू यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात। Viz kapitolaपवित्र बाइबल1 छ बर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिंक्रीका छोरा एलीशापात थिए। Viz kapitola |