२ इतिहास 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अरबीहरूसित छाउनीमा लुटपाट गर्न आउनेहरूले यहोरामका सबै ठूला छोराहरूलाई मारिदिएका थिए। यसकारण यरूशलेमका मानिसहरूले तिनका कान्छा छोरा अहज्याहलाई तिनको ठाउँमा राजा तुल्याए। यसरी यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यरूशलेमका बासिन्दाहरूले तिनको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा तुल्याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्याह यहूदाका राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही अरबीहरूले एक्कासि आक्रमण गरेर यहोराम राजाका छोराहरूमध्ये कान्छा अहज्याहबाहेक सबैलाई मारेका थिए। यसकारण यरूशलेमका मानिसहरूले अहज्याहलाई तिनका बुबापछि राजा बनाए। Viz kapitolaपवित्र बाइबल1 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले। Viz kapitola |