Online Bible

- Reklamy -




२ इतिहास 20:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्‍मा गर्न आए, तब तिनीहरूले असंख्‍य सामानहरू, लुगाफाटाहरू र बहुमूल्‍य थोकहरू लानै नसक्‍ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्‍म लूटका माल जम्‍मा गरे, किनभने ती त्‍यति धेरै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यहोशापात र तिनका फौज लुटका माल बटुल्‍न अघि बढे र तिनीहरूले धेरै गाई-वस्‍तु, अन्‍न-पानी, लत्ता-कपडा र अरू दामी थोकहरू हात पारे। तीन दिनसम्‍म तिनीहरूले लुटका माल बटुले। तर पनि यति बिघ्‍न सामान थियो कि तिनीहरूले सबै कुरा उठाउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए।

Viz kapitola kopírovat




२ इतिहास 20:25

Následuj nás:

Reklamy


Reklamy