२ इतिहास 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सोलोमनले टायरका राजा हीरामकहाँ यो सन्देश पठाए: “मेरा पिता दावीदका निम्ति बस्न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए: “तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सोलोमनले टुरोसका राजा हीरामलाई यो खबर पठाए, “मेरा बुबा दाऊद राजालाई महल बनाउन देवदारुका मुढाहरू बेचेजस्तै मसित पनि व्यापार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल3 त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई पनि सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्। Viz kapitola |