Online Bible

- Reklamy -




२ इतिहास 19:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सबै मुद्दा, जो सहरमा बस्‍ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सबै मुद्दा जो सहरमा बस्‍ने तिमीहरूका कुटुम्‍बहरूबाट तिमीहरूका सामु आउँछन्‌— मुद्दाहरू हत्‍यासम्‍बन्‍धी होऊन्, अथवा व्‍यवस्‍था वा आज्ञा धर्म-विधि अथवा नियमहरूका विरुद्धमा होऊन्‌— तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरू र तिमीहरूका कुटुम्‍बमा पनि त्‍यसको निम्‍ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जब-जब तिम्रा नागरिक बन्‍धुहरूले कुनै पनि सहरबाट तिम्रा अघि ज्‍यानमारा वा अन्‍य कुनै नियम वा आज्ञा भङ्ग गरेका मुद्दाहरू लिएर आउँछन्, तब तिमीहरूले सावधानीसाथ तिनीहरूलाई मुद्दा चलेका बेलामा कस्‍तो व्‍यवहारले चल्‍नुपर्छ, सो सिकाउनुपर्छ र तिनीहरूलाई परमप्रभुको विरुद्धमा पाप गरे भन्‍ने दोष नलागोस्। नत्र तिमी र तिम्रा नागरिक बन्‍धुहरूले परमप्रभुको क्रोध भोग्‍नुपर्नेछ। तर तिमीहरूले आफ्‍ना कर्तव्‍य पूरा गर्‍यौ भने तिमीहरूलाई दोष लाग्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाइहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।

Viz kapitola kopírovat




२ इतिहास 19:10

Následuj nás:

Reklamy


Reklamy