२ इतिहास 18:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इस्राएलका राजा भनिठानेर तिनलाई आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को सोरले कराए। अनि परमप्रभु तिनको सहायताको निम्ति आउनुभयो, र परमेश्वरले ती रथका सेनापतिहरूलाई तिनीतर्फबाट अर्कोतिर लानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसकारण तिनीहरूले यहोशापातलाई देखेर उनलाई नै इस्राएलका राजा हुन् भनिठाने र उनलाई हमला गर्न उनीपट्टि फर्के। तर यहोशापात जोडले चिच्च्याए र परमप्रभु परमेश्वरले उनलाई बचाउनुभयो र त्यो हमला उनीबाट पर अर्कोतिर पन्साइदिनुभयो। Viz kapitolaपवित्र बाइबल31 जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो। Viz kapitola |