२ इतिहास 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्वर हुँदै होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पूजाहारीहरू र लेवीहरूलाई निकालेर अरू देशको दस्तूरझैँ आफ्नै पूजाहारीहरूलाई नियुक्त गरेका छैनौ र? यदि कुनै मानिस आफैलाई अर्पण गर्नलाई एउटा बाछो र सात वटा भेड़ा लिएर आयो भने, तिमीहरू त्यसलाई त्यस ईश्वरको पूजाहारी भनी ग्रहण गर्छौ जो ईश्वर होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरूले हारूनका सन्तान परमप्रभुका पूजाहारीहरूलाई र लेवीहरूलाई धपायौ। तिनीहरूका ठाउँमा अरू जातिहरूले जसो गर्छन्, त्यसै गरी तिमीहरूले आफ्ना पूजाहारीहरू खटायौ। एउटा साँढे वा सात वटा भेडा लिएर आउने कुनै पनि मानिस तिमीहरूका ईश्वर भनाउँदाहरूका पूजाहारी बनी अर्पित हुन सक्छ। Viz kapitolaपवित्र बाइबल9 तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ- ती ‘झूटा देवताहरूको’ सेवा गर्ने पूजाहारी। Viz kapitola |