१ थेसलोनिकी 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्वरप्रति भएको तिमीहरूको विश्वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्नु आवश्यक छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनकि तिमीहरूद्वारा परमेश्वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्वरमाथिका तिमीहरूको विश्वास प्रत्येक स्थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्नु आवश्यक छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 प्रभुको शिक्षा तिमीहरूले माकेडोनिया र अखैयामा मात्र फैलाएनौ, तर चारैतिर परमेश्वरप्रति तिमीहरूका विश्वासको कुरो फैलियो। यस बारेमा हामीले केही पनि कुरा भनिरहनुपरेन। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। Viz kapitola |