१ शमूएल 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर शलीशाको जिल्ला भएर गए, तर ती भेट्टाउन सकेनन्। उनीहरू शालीमको जिल्ला भएर गए, तर त्यहाँ पनि गधाहरू थिएनन्। उनीहरू बेन्यामीनको इलाकाबाट भएर गए, तरै पनि गधाहरू भेट्टाउन सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू एफ्राइमको पहाडी देश र शलीशाको इलाका भएर गए र गधा पाएनन्। तिनीहरू शालीमको इलाका भएर गए, तर त्यहाँ पनि गधा पाएनन्। तब तिनीहरू बेन्यामीनका भू-भागबाट भएर गए, तरै पनि गधा पाएनन्। Viz kapitolaपवित्र बाइबल4 शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्। Viz kapitola |