१ शमूएल 9:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब तिनीहरू सहरको पल्लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्वरको सन्देश बताउन सकूँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरू सहरको छेउमा आइपुग्दा शमूएलले शाऊललाई भने, “यस नोकरलाई अगि जानू भन।” अनि त्यो अगि गयो। तब शमूएलले शाऊललाई भने, “तिमीचाहिँ एक छिन यहीँ पर्ख, र म तिमीलाई परमेश्वरको वचन भन्न सकूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सहरको अन्तमा आइपुगेपछि शमूएलले शाऊललाई भने, “तिम्रो चाकरलाई अघि जाऊ भन।” चाकर गयो र शमूएलले भने, “यहाँ एक छिन बस् र परमेश्वरले के भन्नुभएको छ, सो म तिमीलाई सुनाउनेछु।” Viz kapitolaपवित्र बाइबल27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो। Viz kapitola |