१ शमूएल 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कसैलाई तिनले हजार जनामाथि र अरू कसैलाई पचास जनामाथि सेनापति बनाउनेछन्। तिम्रा छोराहरूले तिनको खेत जोत्नु, फसल काटी बटुल्नु र तिनका हात-हतियार र रथका सर-सामान बनाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। “राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्। Viz kapitola |