Online Bible

- Reklamy -




१ शमूएल 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्‍तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्‍यस दिन परमप्रभु पलिश्‍तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्‍तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 शमूएलले बलि चढाउँदै गरेको बेलामा हमला गर्न भनी पलिश्‍तीहरू अघि बढे। तर ठीक त्‍यति बेला नै तिनका विरुद्धमा परमेश्‍वर गर्जनुभयो। तिनीहरूका बीचमा पूरा खलबली मच्‍चियो र तिनीहरू डराएर भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए।

Viz kapitola kopírovat




१ शमूएल 7:10

Následuj nás:

Reklamy


Reklamy