१ शमूएल 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनीहरूले त्यो त्यहाँ लगे। तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो सहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर सन्दुक त्यहाँ पुगेपछि परमप्रभुले त्यस सहरलाई पनि सजाय दिनुभयो र त्यहाँ ठूलो आतङ्क फैलियो। उहाँले तिनीहरूलाई गिर्खा ल्याइदिएर सजाय दिनुभयो। अनि सहरका सारा मानिस, युवा र बुढा-बूढी सबैलाई त्यो रोग लाग्यो। Viz kapitolaपवित्र बाइबल9 फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो। Viz kapitola |