१ शमूएल 30:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्लगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेव र सिक्लग लूटपीट गरेका थिए। सिक्लगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दुई दिनपछि दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे। अमालेकीहरूले यहूदाको दक्षिणमा छापा मारी सिक्लगमा आक्रमण गरेका थिए। तिनीहरूले आगो लाएर सहर भस्म पारेका थिए Viz kapitolaपवित्र बाइबल1 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए। Viz kapitola |