१ शमूएल 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गरेका छन्, त्यो कुरा तपाईंलाई निश्चय नै थाहा छ होला। तिनले देशमा तन्त्रमन्त्र गर्नेहरूलाई हटाएका छन्। तपाईंले किन मेरो जीवनका निम्ति मृत्युको पासो थाप्नुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गर्नुभएको छ त्यो निश्चय तपाईंलाई थाहै होला। उहाँले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिनुभएको छ। जुन कुराले मेरो मृत्यु ल्याउनेछ त्यो गर्नलाई तपाईं मलाई किन कर लाउनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यस आइमाईले उत्तर दिई, “शाऊल राजाले के गरेका छन्, तिनले कसरी ज्योतिषी र भूत-प्रेत खेलाउनेहरूलाई इस्राएल छोड्न लाए, त्यो तिमी निश्चय नै जान्दछौ। किन मलाई पासोमा हाली मार्ने चेष्टा गर्दछौ?” Viz kapitolaपवित्र बाइबल9 तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।” Viz kapitola |