१ शमूएल 25:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्पत्ति थियो। त्यो निकै धनी थियो। त्यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्यसले कर्मेलमा आफ्ना भेड़ाको ऊन कत्रँदैथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 त्यहाँ कालेबको वंशको नाबाल नाम गरेको एक जना मानिस थियो। त्यो माओन सहरबाट आएको थियो र कर्मेल सहरछेउ त्यसको ठूलो जमिन थियो। त्यो औधी धनी थियो र त्यसका तीन हजार भेडा र एक हजार बाख्राहरू थिए। त्यसकी स्वास्नी अबीगेल सुन्दरी र बुद्धिमति थिइन्; तर त्यो आफैंचाहिँ नीच र रिसाहा थियो। नाबालले कर्मेलमा भेडाका ऊन कत्रँदै थियो Viz kapitolaपवित्र बाइबल2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो। Viz kapitola |