१ शमूएल 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 र त्रिशूलले कराही वा ताप्के वा तसला वा खड्कुँलोमा भएको मासु घोच्थ्यो, र त्यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्यस्तै व्यवहार गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पाक्दै गरेको भाँडोमा काँटाले रोप्थ्यो र काँटामा जति मासु आउँथ्यो, त्यो पूजाहारीको हुन्थ्यो। शीलोमा बलि चढाउन आउने सबै इस्राएलीहरूसित त्यस्तै व्यवहार गरिन्थ्यो। Viz kapitolaपवित्र बाइबल14 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। Viz kapitola |