१ शमूएल 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्त गर्नु बाँकी रह्यो र।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 शाऊल साह्रै रिसाए, र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, “दाऊदको निम्ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यो शाऊललाई मन परेन र तिनी औधी रिसाए। तिनले भने, “दाऊदको लागि तिनीहरूले लाख-लाख मार्यो भन्ने दाबी गर्दै छन्; तर मलाई चाहिँ हजार-हजार मात्र। अर्को पालि त तिनीहरूले उनलाई राजा पनि बनाउलान् नि!” Viz kapitolaपवित्र बाइबल8 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।” Viz kapitola |