१ शमूएल 18:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब शाऊलले आफ्ना सेवकहरूलाई हुकुम दिए: “दावीदलाई एकलै बोलाएर भन, ‘हेर्नुहोस्, राजा तपाईंसँग खुशी हुनुहुन्छ; अनि उहाँका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। अब तपाईं राजाको जुवाइँ बन्नुहोस्!’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दाऊदलाई सुटुक्क यसो भन्नू भनी शाऊलले आफ्ना भारदारहरूलाई हुकुम गरे, “राजा तपाईंसँग अत्यन्तै खुशी हुनुहुन्छ, अनि तपाईं हामी सबैका प्रिय हुनुहुन्छ। अब राजाका जुवाइँ हुनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनले आफ्ना भारदारहरूलाई दाऊदसित कुरा गरेर यो कुरा सुटुक्क भन्ने आज्ञा दिए, “राजा तिमीसित प्रसन्न छन् र उनका सबै भारदारहरूले तिमीलाई मन पराउँछन्। तिमीले राजाकी छोरीसित विवाह गर्ने यो असल समय हो।” Viz kapitolaपवित्र बाइबल22 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।’” Viz kapitola |