१ शमूएल 17:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 गोल्यत खड़ा भयो र इस्राएलको फौजलाई भन्यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्नलाई तिमीहरूको मानिस चुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 गोल्यतले उभिएर इस्राएलीहरूलाई जोडले कराएर भन्यो, “त्यहाँ लडाइँ गर्न खडा भएर तिमीहरू के गर्दछौ? ए शाऊलका कमाराहरू हो, म पलिश्ती हुँ। मसित लड्न तिम्रा एक जना मानिसलाई छान। Viz kapitolaपवित्र बाइबल8 प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ। Viz kapitola |