१ शमूएल 17:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण51 दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 तिनी कुदेर त्यस पलिश्ती लड़ेको ठाउँमा गए, र छेउमा खड़ा भए। अनि तिनले त्यसैको तरवार म्यानबाट थुतेर त्यसलाई खतम गरेर त्यसको टाउको काटिदिए। जब पलिश्तीहरूले आफ्नो वीर पुरुष मारिएको देखे, तब उनीहरू फर्केर भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 तिनी त्योतिर दगुरिगए र त्यसमाथि उभिए र गोल्यतको तरवार म्यानबाट झिकी त्यसैले त्यसको टाउको ठुन्क्याएर त्यसको प्राण लिए। पलिश्तीहरूले आफ्नो वीर योद्धा मरेको देखेर भागे। Viz kapitolaपवित्र बाइबल51 यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो। जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले। Viz kapitola |