१ शमूएल 17:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्छ ठानेको छस्। Viz kapitolaपवित्र बाइबल45 दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। Viz kapitola |