१ शमूएल 17:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्ने चेष्टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्दिनँ। मलाई यस्तो बानी छैन।” तिनले कवच खोले। Viz kapitolaपवित्र बाइबल39 दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। Viz kapitola |