१ शमूएल 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 शमूएलले भने, “शान्तिसाथ। म परमप्रभुको निम्ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्ति तिनीहरूलाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “हो!” उनले उत्तर दिए, “म परमप्रभुलाई बलि चढाउनलाई आएको हुँ। तिमीहरूले आफैंलाई शुद्ध गरेर मेरो साथमा आओ।” उनले यिशै र तिनका छोराहरूलाई पनि शुद्ध होओ भने र तिनीहरूलाई बलिदानमा आउने निम्तो दिए। Viz kapitolaपवित्र बाइबल5 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए। Viz kapitola |