१ शमूएल 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब जोनाथन चार हात-खुट्टा टेक्दै माथि चढ़े, अनि तिनका हतियार बोक्ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्नेले उनीहरूलाई खतम पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जोनाथन हात र घुँडा टेकी घाटीबाट उक्ली उँभो आए र जोनाथनको पछि-पछि त्यो केटा पनि आयो। जोनाथनले हमला गरेर पलिश्तीहरूलाई ढाले र त्यो केटाले तिनीहरूलाई मार्यो। Viz kapitolaपवित्र बाइबल13-14 जोनाथन हात खुट्टा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिश्तीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिश्तीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाई गरिनै रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे। Viz kapitola |