१ शमूएल 12:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले शमूएललाई भने, “मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्वरसँग हामी तपाईंका सेवकहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र तिनीहरूले शमूएललाई भने, “हजुर, हाम्रा निम्ति परमप्रभु तपाईंका परमेश्वरसित प्रार्थना गरिदिनुहोस् र हामीले मर्नु नपरोस्। अब हामीलाई थाहा भयो कि हाम्रा अरू सारा पापबाहेक राजा मागेर हामीले पाप गरेका छौं।” Viz kapitolaपवित्र बाइबल19 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।” Viz kapitola |