१ शमूएल 12:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्वरलाई पछ्यायौ भने असल हुनेछ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गर्यौ र भक्तिसित उहाँको सेवा गर्यौ भने, र यदि तिमीहरू उहाँका आज्ञाको विरुद्धमा बागी भएनौ भने, अनि यदि तिमीहरू र तिमीहरूका राजा परमप्रभु परमेश्वरप्रति विश्वासी भयौ भने बेसै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्यौ, उहाँको सेवा गर्यौ र वचन सुन्यौ, आज्ञाहरू मान्यौ अनि तिमीहरू र तिम्रा राजाले उहाँलाई पछ्यायौ भने सबै कुरामा तिमीहरूको भलो हुनेछ। Viz kapitolaपवित्र बाइबल14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ। Viz kapitola |