१ शमूएल 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्। तीमध्येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यहाँबाट गएर तिमीहरू तबोरको पवित्र रूखसम्म पुग्नेछौ, जहाँ तीन जना मानिसहरूलाई बेथेलमा परमेश्वरलाई बलि चढाउनका निम्ति जाँदैगरेका भेट्नेछौ। तीमध्ये एउटाले तीन वटा पाठा डोर्याएको हुन्छ। अर्काले तीन वटा रोटी बोकेको हुन्छ र तेस्रोसित दाखमद्यले भरिएको एउटा छालाको मशक हुनेछ। Viz kapitolaपवित्र बाइबल3 तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। Viz kapitola |