१ पत्रुस 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 आगोबाट खारिने, तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसको उद्देश्य तिमीहरूले गरेको विश्वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्छ भने तिमीहरूको विश्वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्वासलाई शुद्ध पार्न जाँचिन्छ। यसले गर्दा ख्रीष्ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्जत र प्रशंसा हुन्छ। Viz kapitolaपवित्र बाइबल7 यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ। Viz kapitola |