१ पत्रुस 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 येशू ख्रीष्टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा होऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 येशू ख्रीष्टको आज्ञापालन र उहाँका रगतको छिट्काइको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्ति प्रशस्त हुँदैजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अघिबाटै आफ्नो योजनाअनुसार परमेश्वर पिताले तिमीहरूलाई आफ्नै पवित्र जन हुनलाई छान्नुभएको हो। येशू ख्रीष्टको रगतले पवित्र भएर उहाँकै आज्ञा तिमीहरूले मान्न सक भनी उहाँले तिमीहरूलाई आत्माद्वारा आफ्नो बनाउनुभयो। तिमीहरूमाथि अनुग्रह र शान्ति प्रसस्त होस्। Viz kapitolaपवित्र बाइबल2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्। Viz kapitola |