१ राजा 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्यहाँ ती खोल्न लाउनेछु, र तपाईंले ती लैजान सक्नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्छा पूरा गरिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरा मानिसहरूले मुढाहरू लेबनानबाट समुद्रमा झार्नेछन् र तिनलाई सँगसँगै बाँधेर, किनारै-किनार बगाएर, तपाईंले भनेका ठाउँमा पुर्याउनेछन्। त्यहाँ मेरा मानिसहरूले ती मुढाहरू खोलिदिनेछन् र तपाईंका मानिसहरूले त्यसका जिम्मा लिनेछन्। तपाईंले चाहिँ मेरा मानिसहरूलाई खानेकुराको व्यवस्था गरिदिनुहोला, म यति नै चाहन्छु।” Viz kapitolaपवित्र बाइबल9 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ। बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।” Viz kapitola |