१ राजा 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलभरि सोलोमनका बाह्र जना जिल्ला राज्यपालहरू थिए, जसले राजा र राजकीय घरानाका निम्ति सामान जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सोलोमनले बाह्र जनालाई इस्राएलका जिल्लाहरूमाथि बडा-हाकिम खटाए। तिनीहरूले वर्षमा एक महिनाको हिसाबले आ-आफ्ना जिल्लाबाट पालैपालो राजा र उनका घरानाको निम्ति खानेकुरा जगेडा गरिदिनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल7 इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक बर्षको एक महीनामा राजालाई खाद्यान सामाग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो। Viz kapitola |