१ राजा 22:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण तिनले यहोशापातलाई सोधे, “के तपाईं हामीसित रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। मेरा घोडाहरू तपाईंकै घोडाहरूजस्तै हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्तै हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि आहाबले यहोशापातलाई सोधे, “के तपाईं रामोतमाथि आक्रमण गर्न जानुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म पनि तयार छु। मेरा पैदल र घोडचढी सेनाहरू पनि तयार छन्। Viz kapitolaपवित्र बाइबल4 यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोतामा युद्ध गर्ने छौं?” यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्। Viz kapitola |