१ राजा 2:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब राजाले बनायाहलाई हुकुम गरे, “त्यसले भनेअनुसार नै गर। त्यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 सोलोमनले भने, “योआबले भनेझैँ गर। त्यसलाई मारेर गाडिदेऊ। त्यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्ति म वा दाऊदका अरू कुनै सन्तान अब उसो जिम्मावार रहनेछैन। Viz kapitolaपवित्र बाइबल31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो। Viz kapitola |