१ कोरिन्थी 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर हाम्रा निम्ति परमेश्वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू सृष्टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं— हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हाम्रा लागि चाहिँ एउटै पिता परमेश्वर हुनुहुन्छ। उहाँले नै सबैको सृष्टि गर्नुभयो। उहाँकै लागि हामी जिउँछौं। हाम्रा एउटै प्रभु; येशू ख्रीष्ट हुनुहुन्छ। उहाँद्वारा नै सबै सृष्टि भयो र उहाँद्वारै हामी जिउँछौं। Viz kapitolaपवित्र बाइबल6 तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ। Viz kapitola |