१ कोरिन्थी 7:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 कसैको मगनी भएको छ र त्यस मानिसले मगनी भएकी केटीप्रति उचित व्यवहार नगरेको ठान्छ र त्यो केटीको उमेर पुगिसकेको छ र बिहे गर्न चाहन्छ भने तिनीहरूलाई बिहे गर्न देओ। उसलाई पाप लाग्दैन। Viz kapitolaपवित्र बाइबल36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। Viz kapitola |