१ कोरिन्थी 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्। Viz kapitolaपवित्र बाइबल17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु। Viz kapitola |