१ कोरिन्थी 10:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्यो नखाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर कसैले ‘यो त मूर्तिमा चढाएको खानेकुरा हो’ भन्छ भने त्यस भन्ने मानिसको लागि र विवेकको लागि नखाओ। Viz kapitolaपवित्र बाइबल28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। Viz kapitola |