१ इतिहास 28:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेह इस्राएलका परमेश्वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तापनि परमप्रभु इस्राएलका परमेश्वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्ति इस्राएलमाथि राज्य गर्न मलाई चुन्नुभयो। उहाँले नेतृत्व गर्न यहूदालाई चुन्नुभयो, र यहूदाका घरानाबाट मेरा पिताको परिवारलाई चुन्नुभयो। मेरा पिताका छोराहरूमध्ये उहाँले सारा इस्राएलमाथि मलाई नै राजा तुल्याउन उहाँलाई असल लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु इस्राएलका परमेश्वरले म र मेरा सन्तानलाई इस्राएलमा राज्य गर्न चुन्नुभयो। उहाँले यहूदा कुलबाट अगुवाहरू जुटाउने प्रबन्ध गर्नुभयो र यहूदाबाट मेरा बुबाको परिवारलाई त्यसको निम्ति चुन्नुभयो। त्यस परिवारबाट मलाई लिई सारा इस्राएलका राजा बनाउन उहाँले इच्छा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो। Viz kapitola |