१ इतिहास 27:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 पहिलो महिनाको निम्ति, पहिलो दलका सेनापति जब्दीएलका छोरा यशोबाम थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब्दीएलका छोरा याशोबाम पहिलो महिनाको लागि पहिलो भागका जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-15 प्रत्येक महिनाको लागि दलका मुख्य अधिकारीहरू यिनीहरू थिए: पहिलो महिना— जब्दीएलको छोरो याशोबाम (उनी यहूदा कुलका फारेसका गोत्रका थिए।) दोस्रो महिना— अहोहीका सन्तानबाट दोदै (दर्जामा उनीपछि दोस्रो मिक्लोत थिए) तेस्रो महिना— यहोयादा पूजाहारीको छोरो बनायाह। उनी ‘तीस जना मुख्य’ का अगुवा थिए। (उनीपछि उनको छोरो अम्मीजाबाद दलका प्रधान अधिकारी भए।) चौथो महिना— योआबका भाइ असाहेल उनको छोरो जबदियाह उनीपछि प्रधान अधिकारी भए। पाँचौँ महिना— यिज्याहीका सन्तानबाट शम्हूत छैटौँ महिना— तकोका इक्केशको छोरो ईरा सातौँ महिना— पेलोनीका एफ्राइमी हेलेस आठौँ महिना— हूशातीका सिब्बकै (उनी यहूदा कुलका जेरह गोत्रका थिए।) नवौँ महिना— बेन्यामीन कुलका इलाकाबाट अनातोतका अबीएजेर। दशौँ महिना— नतोपातीका महरै (उनी जेरह गोत्रका थिए।) एघारौँ महिना— एफ्राइम कुलका इलाकाबाट पिरातोनका बनायाह। बाह्रौँ महिना— नतोपातीका हेल्दै (उनी ओत्निएलका सन्तान थिए।) इस्राएलका कुलहरूको शासनव्यवस्था Viz kapitolaपवित्र बाइबल2 याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए। Viz kapitola |