१ इतिहास 26:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 छ जना लेवीहरू दिनहुँ पूर्वतिर, चार जना उत्तरतिर, चार जना दक्षिणतिर र दुई-दुई जना ढुकुटीको पहरा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 प्रत्येक दिन पूर्वपट्टि छ जना, उत्तरमा चार जना र दक्षिणमा चार जना पहरादारहरू रहन्थे। मन्दिरका भण्डारहरूको पहरा दिन दुई-दुई जना गरी जम्मा चार जना पहरेदारहरू दिनहुँ राखिन्थे। Viz kapitolaपवित्र बाइबल17 छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो। Viz kapitola |