१ इतिहास 23:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्तान थिए। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका लेवीका यी सन्तानले परमप्रभुको मन्दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस बर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे। Viz kapitola |