१ इतिहास 22:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्ति निर्माण गरिने भवन अत्यन्तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्नो मृत्युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदले मनमा सोचे, “मेरो छोरो सोलोमनले बनाउने मन्दिर गौरवशाली र सारा जगत्मा प्रसिद्ध हुनुपर्छ। तर त्यो कलिलै र अन्जान छ र मैले नै त्यसको लागि तयार गर्नुपर्छ।” त्यसो भनेर आफू मर्नुअघि दाऊदले प्रशस्त सामान जगेडा गरिदिए। Viz kapitolaपवित्र बाइबल5 दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें। Viz kapitola |