१ इतिहास 21:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान् छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाऊदले गादलाई उत्तर दिए, “म सङ्कटमा परें! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।” Viz kapitola |