१ इतिहास 19:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट चाँदी पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब अम्मोनीहरूले आफूहरूलाई दाऊदको दृष्टिमा घृणित तुल्याएछौं भनी थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोड़ा चाँदी पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब हामी दाऊदका आँखाका कसिङ्गर बनियौं भनी हानून राजा र अम्मोनीहरूले बुझे। यसकारण तिनीहरूले माथिल्लो अराम-नाहारैम र अराम-माका र सोबा भन्ने अरामी देशहरूबाट रथ र सारथीहरू भाडामा ल्याउन चौँतीस हजार किलोग्राम चाँदी ज्याला पठाए। Viz kapitolaपवित्र बाइबल6 अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। Viz kapitola |