१ इतिहास 18:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 र ती अरामीहरूको राज्य दमस्कसमा छाउनी बसाले। उनीहरू तिनका अधीनमा भएर तिनलाई कर तिर्ने गरे। यसरी दाऊद जहाँ गए तापनि परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि तिनीहरूको देशभित्र दाऊदले सैनिक अड्डा खोले र तिनीहरू उनका प्रजा भए र राजकर तिरे। सबैतिर दाऊदलाई परमप्रभुले विजयी तुल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल6 दाऊदले अराममीहरूको राज्य दमीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीकहाँ कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो। Viz kapitola |